Logo

लकडाउन लामै जानसक्ने



काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको महामारी भयावह बन्दै गएपछि सरकार लकडाउन गर्ने निष्कर्षमा पुगिसकेको छ । प्रक्रिया मिलाएर आजै लकडाउनको निर्णय आउने निश्चितप्रायः छ ।

अहिलेलाई उपत्यकालगायत प्रमुख शहरहरुमा लकडाउनको निर्णय हुने बुझिएको छ । वैशाखभर लकडाउन गर्ने र त्यसपछि अवस्थालाई हेरेर थप निर्णय गर्ने सरकारको तयारी रहेको छ ।

आजै काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले लकडाउनको सिफारिश गर्ने निर्णय गरेको बुझिएको छ । अब गृह मन्त्रालय हुँदै मन्त्रिपरिषदबाट यसबारे अन्तिम निर्णय हुनेछ ।

विश्वस्त स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीहरुले कम्तिमा १५ दिन लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । आजको बैठकमा प्रमुख जिल्ला अधिकारीहरुले कोरोनाको जोखिमबारे तथ्यांकसहित अवस्थाको विश्लेषण समेत गरेका थिए ।

उपत्यकालगायत प्रमुख शहरहरुका अस्पतालहरु कोरोना संक्रमितले भरिन थालेपछि सरकार गम्भीर भएको हो । अवस्थालाई थप बिग्रन नदिन सरकारले कठोर निर्णय लिन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्