Logo

लकडाउन अघि उपत्यका छाड्न दुई दिन मौका



काठमाडौं, १३ वैशाख । कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउनको तयारी गरेको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर केही क्षेत्र बन्द गराउने प्रस्ताव गरेको खुलेको हो । उनीहरुले लकडाउन समेतको सुझाव दिएर केही दिन घर फर्कने समय दिनुपर्ने सुझाव समेत दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीले कालीप्रसाद पराजुलीले लकडाउन हुनसक्ने बताएका छन् । उनले भने,‘बन्दको अवस्थामा आएमा एक दुई दिन घर फर्कने समय मिलोस् भनेर गर्नुपर्छ ।’

पराजुलीले साँझसम्म वृस्तृत रुपमा थाहा भइसक्ने बताए । उनको संकेत मन्त्रिपरिषद बैठकतर्फ थियो । यद्यपि, उनले लकडाउनबारे मिति निर्धारण नभएको बताए । लकडाउन हुनसक्ने पराजुलीको भनाई थियो ।

सरकारले आज मन्त्रिपरिषदको बैठकबाट लकडाउनको निर्णय लिन लागेको छ । कुन कुन क्षेत्र चल्न दिने र कुन कुन नदिने निर्धारण गरी लकडाउन गर्ने तयारी भएको हो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्