Logo

सर्वोच्च अदालतले माधव नेपालसहित चार नेताको रिटमा अन्तरिम आदेश दिएन



काठमाडौं, १३ बैशाख । सर्वोच्च अदालतले नेकपा एमालेका नेता माधवकुमार नेपाल, डा. भीम बहादुर रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । चार नेताहरुको रिटमाथि आज (सोमबार) सुनुवाइ गर्दै न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो ।

बैशाख ६ गते बसेको एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले माधव नेपालसहित उनी पक्षधर २७ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । र, चित्तबुझ्दो जवाफ नदिए कारबाही गर्ने पनि चेतावनी दिएपछि यो समूहका चार जना नेताहरु कारबाही रोक्न माग गर्दै अदालत गएका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्