Logo

मन्त्रिपरिषद बैठक जारी, लकडाउनको टुंगो लाग्ने



काठमाडौं, १३ वैशाख । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । आजको बैठकले कोरोना भाइरसको रोकथामका लागि विभिन्न कदम चाल्नेबारे निर्णय लिने भएको छ ।

सरकारले काठमाडौं उपत्यकालगायत प्रमुख शहरहरुमा लकडाउनबारे टुंगो लगाउने भएको छ । प्रमुख जिल्ला अधिकारीहरुले गरेको प्रस्तावको आधारमा सरकारले निर्णय लिन लागेको हो ।

अक्सिजनको अभाव हुन नदिन सिलिन्डको आयातमा भन्सार छुटलगायत विभिन्न निर्णयहरु पनि गर्ने बुझिएको ।

तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्