Logo

लकडाउनमा कस्तो सवारी साधन चल्न पाउने कस्तो नपाउने (सूचनासहित)



काठमाडौं, १३ वैशाख । उपत्यकामा १६ वैशाखबाट २२ वैशाखसम्म लकडाउन घोषणा भएको छ । लकडाउनको बखत सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइने काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत् जानकारी दिएका छन् ।

हरेक दिन विहान ६ देखि राति १२ बजेसम्म सवारी साधन रोक लगाइने उल्लेख छ । अत्यावश्यक सामाग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गरेको सवारी साधानबाहेक अन्य प्रवेशमा रोक लगाइने जनाइएको छ ।

अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाइने छ ।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको सवारी पास सम्बन्धित कार्यालयबाट लिई प्रयोग गर्न पाइनेछ ।

विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीको साधानको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर सञ्चालन गर्न पाइनेछ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने जनाइएको छ ।
अत्यावश्यक काम जस्तै अस्पताल आउने विरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रुपमा सहभागी हुनुपर्ने अवस्थाका लागि सवारी साधन प्रयोग गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीबाट जारी हुने अनुमति पास लिनुपर्ने व्यवस्था छ ।

 



प्रतिक्रिया दिनुहोस्