Logo

खाद्य सामाग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ला हुने



काठमाडौं, १३ बैशाख । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा बैशाख १६ गते विहान ६ बजेबाट बैशाख २२ गतेसम्म एक साता लकडाउन लगाईएको छ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले आज एक विज्ञप्ती जारी गर्दै एक सातासम्म अत्यावश्यकबाहेकका सेवा बन्द भएको जनाएका छन् । उक्त आदेश बैशाख १६ गते विहान ६ बजेदेखि बैशाख २२ गते राति १२ः०० बजेसम्म लागु हुने भनिएको छ।

अत्यावश्यक खाद्य सामग्रीको हकमा खाद्य सामग्री पसलहरु विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै खुल्ला हुने भनिएको छ । त्यस्तै, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्रै विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने भनिएको छ । त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुलाई भने अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आईसोलेशनमा बस्नुपर्ने भएको छ । FILE PHOTO/ReportersNepal



प्रतिक्रिया दिनुहोस्