Logo

फ्लोर क्रस गर्ने एमालेका चार सांसद पदमुुक्त



सुर्खेत, बैशाख १३ । फ्लोर क्रस गर्ने प्रदेशसभा सदस्यहरुको पदमुक्त भएको छ । सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा पदमुक्त भएको जाजनकारी गराइएको हो । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिने एमालेका चार जना प्रदेशसभा सदस्यहरुलाई सांसद पद नहरने गरी र पार्टीको सदस्य समेत नरहने गरी एमालेले कार्वाही गरेको थियो ।

बैठकमा सभामुख राज बहादुर शाहीले फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, कुर्मराज शाही, अमर बहादुर थापा र नन्दसिंह बुढाले दल त्याग गरेको सुचना प्रदेशसभा सचिवालयमा प्राप्त भएको र राजनीतिक दल सम्बन्धि ऐन र प्रदेश निमावली अनुसार पद रिक्त भएको जानकारी दिए।

दैलेख निर्वाचन क्षेत्र १ ख बाट अमर बहादुर थापा, कालीकोट निर्वाचन क्षेत्र न १ कबाट कुर्मराज शाही, डोल्पा १ कबाट नन्दसिंह बुढा र सल्यान निर्वाचन क्षेत्र १ खबाट प्रकाश ज्वाला प्रत्यक्ष निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरु मध्ये मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कुर्मराज शाही, अमर बहादुर थापा र नन्दसिंह बुढा मन्त्री नियुक्त गरेका छन् ।

अब कर्णालीमा प्रदेशसभा सदस्यको संख्या ३५ कायम हुने भएको छ । प्रदेशसभा सदस्यको संख्या ४० बाट ३५ कायम भएको हो । यस अघि माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य भएका धर्मराज रेग्मीले दल त्याग गरेर एमालेमा प्रवेश गरे पछि उनको पद पनि रिक्त भएको थियो ।

अब कर्णालीमा एमालेका सभामुखसहित १६ जना प्रदेशसभा सदस्य रहने छन् । यस अघि कर्णालीमा एमालेका सभामुखसहित २० जना प्रदेशसभा सदस्य थिए । अब एमालेका १६, माओवादीका १२, काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य रहने छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot