Logo

इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीको जित



एजेन्सी, बैशाख १४। इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ । सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसमाथि पुनरागमन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो ।

लेष्टरको मैदानमा खेलको १२ औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा भने लेष्टरले पुनरागमन गर्यो ।

खेलको ५० औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेष्टरलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८० औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई २–१ को जित दिलाए।

जितसँगै लेष्टरले ३३ खेलमा ६२ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको लेष्टर च्याम्पियन्स लिग छनोट नजिक समेत पुगेको छ । क्रिस्टल ३८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्