Logo

‘इसिइडी’ शिक्षकलाई आठ हजार थप



काठमाडौं, १४ बैशाख । उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी)मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक रु साढे सात हजार थप गर्ने निर्णय गरेको छ । उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा कार्यरत शिक्षकलाई मासिक रु सात हजार ४४० थपेर दिने निर्णय गरेको हो । सरकारले इसिडीमा कार्यरत शिक्षक तथा सहयोगी कार्यकर्तालाई मासिक रु छ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको छ ।

इसिइडी शिक्षकको पारिश्रमिक अत्यन्तै न्यून भएकाले उपमहानगरपालिकाका तर्फबाट रकम थप गरिएको प्रमुख हरिबहादुर महतले बताए । समुदायस्तरमा बालबालिकाको विकास र प्रवद्र्धनका लागि प्रारम्भिक बालविकास केन्द्रअन्तर्गत हाल कार्यरत शिक्षक/सहजकर्तालाई प्रदान गरिँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी श्रम ऐनको प्रावधानबमोजिम मासिक रु १३ हजार ४५० पु¥याइएको उनको भनाइ थियो । उपमहानगरपालिकाका १९ वटा वडामा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा ९५ शिक्षक तथा सहयोगी कार्यकर्ता कार्यरत छन् । उनीहरुले आगामी जेठ १ गतेदेखि थपिएको तलब पाउने जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot