Logo

माधव नेपालको राजनीति कुन्ती मोक्तानकै धरान धनकुटा भो : गोकुल बाँस्कोटा



काठमाडौं, १४ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपालको राजनीति अहिले कुन्ती मोक्तानको गीत ‘धरान धनकुटा भो’ भन्दै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् । उनले कानूनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही पनि भनेका छन् ।

उनले लेखेका छन्–‘कमरेड नेपाल आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो।कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति।कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही।कठिन छ,तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा!” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्