Logo

देशका अधिकांश शहरमा लकडाउन



काठमाडौं, १४ वैशाख । कोरोना भाइरसको महामारी भयावह बनेपछि देशका अधिकांश शहरहरुमा लकडाउन घोषणा भएको छ । १६ वैशाख देखि लागू हुने गरी एक देखि दुई हप्तासम्म लकडाउनको घोषणाहरु भएका हुन् । कतिपय शहरहरुमा लकडाउन जारी छ ।

काठमाडौं उपत्यकामा १६ वैशाखबाट लागू हुने गरी मङ्गलबार नै लकडाउन घोषणा भइसकेको छ । लकडाउन घोषणा भएपछि मानिसहरु धमाधम उपत्यका छाड्ने क्रम चलेको छ ।

रुपन्देहीमा १६ वैशाखबाट लागू हुने गरी वैशाखभर लकडाउनको घोषणा हुने भएको छ । औपचारिक निर्णय आउन बाँकी छ । पर्सामा पनि १६ वेशाखबाट २२ वैशाखसम्म लकडाउनको घोषणा भएको छ ।

नेपालगञ्जमा लकडाउन चलिरहेको छ । कञ्चनपुर र कैलालीमा पनि लकडाउन घोषणा भएको छ । भारतसँग सीमा जोडिएका अधिकांश शहरहरुमा लकडाउनको तयारी भएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्