काठमाडौं, १४ वैशाख । सरकारले कोरोना भाइरसको दोस्रो लहरसँग जुध्न एकपछि अर्को कडा निर्णयहरु लिन थालेको छ । मुख्य शहरहरुमा लकडाउनको घोषणा गरेको सरकारले स्वास्थ्यकर्मीहरुलाई देशभर सक्रिय बनाएको छ ।
स्वास्थ्य मन्त्रालय अन्र्तगतका सम्पूर्ण कर्मचारीलाई बिदामा नबस्ने र कार्यालयमा हाजिर हुन पत्राचार गरेको छ । मन्त्रालयका अनुसार चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई अनिवार्य काममा रहन पत्राचार गरेको हो ।
विशेष अवस्थामा बाहेक बिदामा नबस्न र लामो बिदामा पनि नबस्न पत्राचार गरिएको छ । आवश्यक जनशक्तिमा कुनै कमी नगर्ने व्यवस्था पनि गर्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।
६ महिना करार सेवामा राखेर भएपनि स्वास्थ्यकर्मीको रिक्तता पूर्ति गर्ने गरी मन्त्रालयले पत्राचार गरेको छ ।




प्रतिक्रिया