Logo

सशस्त्रको भावी आइजीपीमा पुष्परामको इन्ट्री, अब के होला ?



काठमाडौं, १४ वैशाख । सरकारले पदावधि एक वर्ष नथपेको भए सशस्त्रका एआइजीद्वय पुष्पराम केसी र रामशरण पौडेलले २० वैशाखमा अवकाश पाउँथे । सशस्त्र प्रहरी नियमावलीमा ३० वर्षे सेवावधि रहेकोमा दुवै एआइजी २९ वर्षमै सेवानिवृत्त हुन्थे ।

१२ वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले दुवै एआइजीको एक वर्ष सेवावधि थप्ने निर्णय गर्दा केसी र पौडेल दुवै भावी आइजीपीको बलियो दाबेदार बन्न पुगे । ४ वर्षे कार्यकाल पूरा गरी आइजीपी शैलेन्द्र खनालले अवकाश पाउँदा उनीहरुको ३० वर्षे सेवावधि पुगेको हुनेछैन । केही महिनाका लागि पुष्पराम केसी र रामशरण पौडेलमध्ये एकजना आइजीपी बन्ने सम्भावना रहन्छ । वरिष्ठताका आधारमा केसीको आइजीपी बन्ने सम्भावना बलियो छ ।

सेवावधि थपले सशस्त्रमा भावी आइजीपीको रोलक्रममा पनि प्रभाव परेको छ । हालका डिआइजी खड्ग राई र मन्दिप श्रेष्ठको बढुवा समेत प्रभावित भएको छ । अब सेवावधि नथपे उनीहरु डिआइजीमै अवकाश हुने सम्भावना रहन्छ । यसअघि राई र श्रेष्ठको समेत एक वर्ष सेवावधि थपिएको थियो । नत्र उनीहरु अवकाश पाइसक्थे ।

केसी र पौडेलको सेवावधि थपिएपछि डिइआइजीहरु राई र श्रेष्ठको पदावधि फेरि थप नगरिए यसअघि आइजीपीको दौडमा रहेका दुवै प्रहरी अधिकृत एआइजी बन्न नपाई सेवानिवृत्त हुने अवस्था रहन्छ । यसबाट उनीहरुभन्दा जुनियर डिआइजीहरुलाई लाभ पुग्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्