Logo

लकडाउन अघि जाम देखि लामसम्म



काठमाडौं, १५ वैशाख । भोलिबाट काठमाडौंं उपत्यकालगायत देशका प्रमुख शहरहरुमा लकडाउन हुँदैछ । लकडाउन अघि काठमाडौं उपत्यका छाड्नेहरु देखिएका छन् ।

उपत्यका बाहिर जाने बस भरिभराउ देखिएका छन् । उपत्यकाका मुख्य सडकहरुमा हिजो निकै जाम थियो ।

कोटेश्वर, ग्वार्को, सातदोबाटो, चावहिल, महाराजगञ्ज, कलंकीलगायतका चोकहरुमा राति ९ बजेसम्म जाम थियो ।

खाद्यान्न पसलहरुमा पनि मानिसहरुको भीड बढेको छ । दैनिक उपभोग्य सामाग्री खरिदका लागि मानिसहरुको भीड बढेको हो ।



प्रतिक्रिया दिनुहोस्