Logo

गगन थापाले वैवाहिक सम्बन्धको १३ वर्षमा लेखेः यसै गरी हाँसेर बिते



काठमाडौं, १५ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले वैवाहिक सम्बन्धको १३ वर्ष पूरा हुँदा पत्नी डा. अन्जना केसीसँगको हाँसेको तस्बिर राखेर खुसी साटेका छन् । उनले १३ वर्ष हाँसेरै बितेको उल्लेख गरेका छन् ।

उनले स्वास्थ्य सुरक्षाको नियम पूर्ण रुपमा पालना गरी स्वस्थ र सुरक्षित रहन आग्रह समेत गरेका छन् ।

गगन थापाले ट्वीट गर्दै लेखेका छन्ः वैवाहिक सम्बन्धका १३ वर्ष! यसै गरी हाँसेर बिते ! यो महामारीमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरिरहे नै आगामी दिनहरूमा हाँसी रहन पाइएला। अरू कसैका लागि होइन,आफ्नै लागि स्वास्थ्य सुरक्षाको नियम पूर्ण रूपमा पालना गरौं। स्वस्थ रहौं,सुरक्षित रहौं।



प्रतिक्रिया दिनुहोस्