Logo

गण्डकी प्रदेशका ३ सांसद र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं, १५ बैशाख । गण्डकी प्रदेशका ३ जना सांसद र एक जना कर्मचारी कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित हुने सांसदहरुमा एमालेका राजिव पहारी र प्रभा कोइराला रहेका छन् भने कांग्रेसका मनकुमारी गुरुङ रहेकी छिन्। गण्डकी प्रदेशका सांसदहरुको पिसिआर परीक्षण हिजो गरिएको थियो ।

मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । उक्त प्रस्तावमा आज मतदान हुने बताईएको छ । मतदानमा भने कोरोना संक्रमित सांसदहरुले पनि भाग लिन पाउने जनाईएको छ । File Photo/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot