Logo

गण्डकी प्रदेश सभा बैठकमा संक्रमितलाई बस्ने छुट्टै व्यवस्था



पोखरा, १५ बैशाख । गण्डकी प्रदेश सभा जारी बैठकमा कोरोना संक्रमित प्रदेश सभा सदस्यहरु बस्ने छुट्टै व्यवस्था मिलाइएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैैठकको सुरुवातमा नै कोेरोना परीक्षण पोजेटिभ आएको सांसदहरुको लागि छुट्टै बस्ने व्यवस्था गरेको बताएका हुन् ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्तावउपर छलफल जारी छ । उक्त छलफल सकिएपछि आजै अविश्वासको प्रस्तावबारे मतदान हुने छ ।
मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावको पक्षमा जनमोर्चाले पनि साथ दिने निर्णय गरिसकेको छ ।

 



प्रतिक्रिया दिनुहोस्