Logo

गाई काटेको आरोपमा पुरुष पक्राउ



भोजपुर, १५ बैशाख । गाई काटेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका–६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियारलाई गाई काटेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घरमा गाई काटेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्