Logo

भारतमा कोरोनाबाट अहिलेसम्मकै सर्वाधिक मृत्यु



एजेन्सी, १५ वैशाख । भारतमा कोरोना भाइरसको महामारीले दैनिक हजारौंको मृत्यु हुन थालेको छ । बितेको २४ घन्टामा तीन हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार २४ घन्टाभित्र ३२९३ को कोरोना संक्रमणबाट मृत्यु भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । यो अवधिभित्र ३६०९६० नयाँ संक्रमित पत्ता लागेका छन् ।

भारतमा आजसम्म झण्डै ३० लाख सक्रिय संक्रमित छन् । अक्सिजनको संकटले धेरैको ज्यान गएको छ ।

भारतका अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् । त्यहाँ निकै ठूलो विपत्ति देखिएको छ ।-तस्बिर स्रोतः एजेन्सी



प्रतिक्रिया दिनुहोस्