Logo

माधव नेपाल पक्षधर स्थायी सदस्यहरुको बैठक सुरु



काठमाडौं, १५ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक सुरु भएको छ । एक नेताले दिएको जानकारीअनुसार अब कसरी अघि बढ्ने ? भन्नेबारे निर्णय लिन आजको बैठक बसेको हो । पछिल्लो समय एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

नेता नेपालसहित २७ जना सांसदलाई अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन् । कलंकीस्थित् मेगा पार्टी प्यालेशमा सुरु भएकौ बैठकमा अध्यक्ष ओलीले आफूहरुलाई सांसद पदबाटै कारबाही गरेर कसरी अघि बढ्ने ? भन्नेबारे पनि छलफल हुने एक नेताले जनाए । यसअघि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल कारबाही रोक्न माग गर्दै अदालत गएका थिए । File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot