काठमाडौं, १५ वैशाख । गण्डकी प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको मत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध खस्ने गरी रणनीति बनेको छ । चारवटै दलको मत अविश्वासको प्रस्तावको पक्षमा खसेमा पारित हुन्छ । मत नखसेमा फ्लोर क्रससम्मको रणनीति बनाइएको विश्वस्त स्रोतले बताएको छ ।
जनमोर्चाका एक सांसदले फ्लोर क्रस गर्न सक्ने र मनाङेले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान नगर्नसक्ने भएपनि अग्रिम तयारी गरिएको बुझिएको छ । मतदानका बेला अविश्वासको प्रस्तावको पक्षमा बहुमत नपुगे नेकपा एमालेबाट फ्लोर क्रसको तयारी भएको हो ।
निर्णायक मत एक या दुईमात्र हुने भएकाले त्यही संख्यामा फ्लोर क्रसको तयारी भएको हो । फ्लोर क्रस गर्नसक्नेको नाम गोप्य राखेर तयारी गरिएको बुझिएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् । काँग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३, जसपाका २ र दिपक मनाङे स्वतन्त्र सासद छन् ।
जनमोर्चाबाट अविश्वासको प्रस्तावको विपक्षमा जाने गरी फ्लोर क्रस हुने देखिएसँगै एमालेबाट पनि त्यहीं संख्यामा फ्लोर क्रसको तयारी भएपछि मतदान रोचक हुने बुझिएको छ ।




प्रतिक्रिया