Logo

गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित्



काठमाडौं, १५ बैशाख । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

उक्त प्रस्तावमा आज मतदान हुँदैथियो । तर, प्रस्तावको पक्षमा हस्ताक्षर गरेका जनमोर्चाका सांसद खिमविक्रम शाही बेपक्ता भएका छन् । आफ्नो पार्टीका सांसद शाहीको खोजी गर्न माग गर्दै जनमोर्चाकी सचेतक पियारी थापाले सभामुखसमक्ष निवेदन हालेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्