कांग्रेसको क्रियाशिल सदस्यको विवरण पठाउने आज अन्तिम दिन, तनहुबाट पठाइयो १४ हजारको विवरण


वैशाख १५, काठमाण्डौ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता बुझाउने म्याद अन्तिम पटकका लागि थप गर्दै  वैशाख १५ गतेभित्र विवरण पठाउनुपर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेपाली कांग्रेसले करिब १४ हजार जना क्रियाशिल सदस्यको विवरण पठाएको छ । आज राति ११:४५ बजेसम्म बसेर विवरण केन्द्रमा पठाइएको तनहु कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङले जानकारि दिए ।                       

तनहु कांग्रेसका सचिव बिश्व बस्तोला, कोषाध्यक्ष गुरुङ र सहसचिब केश बहादुर सुनार तथा कार्यलय सचिव राजेन्द्र अर्याल बसेर राति ११:४५ बजे सम्म कार्यालयमा बसेर क्रियाशिल सदस्य इन्ट्रि गरेका हुन्रि । सफ्टवेयर र नेटवर्क मा समस्या आइरहदा पनि काम भइरहेको छ । तनहु वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला हो ।

गत सोमबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता बुझाउने म्याद बैशाख १५ गतेसम्मका लाथि थप गर्ने निर्णय गरेको थियो ।

Skip This

Omoda E5 Pro