Logo

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाको लागि अस्पताल भर्ना हुँदै



काठमाडौं, बैशाख १५ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज शल्यक्रियाको लागि वीर अस्पताल भर्ना हुने भएका छन्। उनी न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि भर्ना हुन लागेका हुन्। उनको काठमाडौंस्थित वीर अस्पतालमा डा सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो।

उनको शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ। यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गराएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot