Logo

‘लिलिबिली’का निर्माता शाहीले पाए सफाई



काठमाडौं, १६ बैशाख । ‘लिलिबिली’ फिल्मका निर्माता गोविन्द शाहीले काठमाडौं जिल्ला अदालतबाट सफाई पाएका छन् । मंगलबार अदालतबाट सफाई पाएको जानकारी सामाजिक सञ्जालमार्फत शाही आफैले  दिएका हुन् ।

 

फिल्म लिलिबिलीबाट उठेको ८७ लाख ७४ हजार ६५ रुपैयाँ नदेखाएको र नदिएको आरोप लगाउँदै शाहीविरुद्व निर्देशक मिलन चाम्स र सुदीप खड्काले डेढ वर्ष अगाडी प्रहरीमा उजुरी दिएका थिए । उक्त उजुरीको आधारमा प्रहरीले पक्राउ गरेपछि अदालतले २ हप्ता हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

अदालतले सफाई दिएपछि निर्माता शाहीले न्यायालय भन्दा ठु्लो अरु केही छैन् भन्दै लेखेका छन्, ‘सरकारी पदासिन व्यक्तिको अधिकार मिसयुज गरी अरुलाई दुःख दिन भन्दा आफुलाई पहिला एकपटक सोच्नु्पर्छ भन्ने यो गतिलो जवाफ पनि हो ।’

 



प्रतिक्रिया दिनुहोस्