Logo

‘भेरी अस्पतालमा अक्सिजनको कमी भैराखेको छ, भनेको अवस्थामा बेड पाउने स्थिति छैन्’ : डा. प्रकाश थापा



भेरी अस्पतालका डाक्टर प्रकाश थापाले अस्पतालमा अहिले संक्रमित विरामीहरु धेरै भर्ना भएको जनाएका छन् । हिजोसम्मको डेटाअनुसार दुई सय १२ जना लक्षणसहितका विरामी भर्ना भएको उनले सुनाए । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अस्पतालमा जनशक्तिको भने कमी रहेको सुनाए । उनले भने,‘हामीसंग पहिले देखिनै जनशक्तिको कमी हो । पछि बेडहरु थप्दाखेरि र जटिल प्रकारका विरामीहरु बढ्दै गइकेपछि हामीसंग अझै जनशक्तिको अभाव भयो । हामीसंग भएका जनशक्तिहरु पनि धेरै संक्रमित हुन थाल्नुभयो ।’ प्रस्तुत छ डा. थापासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

भेरी अस्पतालको पछिल्लो अवस्था कस्तो छ ? कोरोना संक्रमित विरामीहरु कति छन् ? उपचार कस्तो भैरहेको छ?

अहिले भेरी अस्पतालमा दुई सय १२ जना लक्षणसहितका विरामी भर्ना हुनुहुुन्छ । जसमध्ये आठ जना भेन्टिलेटरमा हुनुहुन्छ । ६२ जना आईसियुमा उपचारर्थ हुनुहुन्छ । हामीले छुट्याएर राखेका सम्पुर्ण बेडहरु भरिभराउ छन् ।

विरामीको उपचार गर्ने ठाउँ छैन ? बेड भरिभराउ छन ? कहाँ गर्दै हुनुहुन्छ त विरामीलाई उपचार ?

अहिले अब हामीले छुट्याएर राखेको भनेको १४२ वटा वेडहरु हो । सम्पुर्ण वेडहरुमा अक्सिजनको पाईपलाईन हरु जडान भएको थियो । त्यो बेड भरिभराउ भएरपनि त्यो ठाउँमा अन्य बेडहरु पनि राखेर दुई सय १२ जना विरामीहरु उपचार गराईराखेका छौँ । हामीसंग अब लिमिटेसन भनेको स्पेसको हो । खाली ठाउँ भएसम्म हामीले वे चाहीँ राख्यौँ । अब बेडहरु राख्ने खाली ठाउँ पनि छैन । भौतिक संरचनाको कमीले गर्दाखेरि यो समस्या भएको हो । बाँके जिल्लामा अरु बेडहरुलाई व्यवस्थित् गर्नको लागि कोहलपुर मेडिकल कलेजमा तीन सय बेडहरु राखेर उपचार गर्ने कामहरु सुरु भैसकेको छ । अहिले उहाँहरुले १०० बेड सञ्चालनमा ल्याईसक्नुभएको छ भने थप दुई सय बेड अबको दुई÷तीन दिनमा सञ्चालनमा ल्याउने तयारी छन ।

भेरी अस्पतालका डाक्टरहरुलाई पनि कोरोना लागेको छ र उहाँहरुले नै अरु विरामीलाई उपचार गरिरहनुभएको छ ? किन यस्तो अवस्था आयो ?

हामीसंग पहिले देखिनै जनशक्तिको कमी हो । पछि बेडहरु थप्दाखेरि र जटिल प्रकारका विरामीहरु बढ्दै गइकेपछि हामीसंग अझै जनशक्तिको अभाव भयो । हामीसंग भएका जनशक्तिहरु पनि धेरै संक्रमित हुन थाल्नुभयो । जो संक्रमितलाई धेरै सिम्टम छैन, जो काम गर्न सक्नुहुन्छ । उहाँहरु आ–आफ्नै क्याविनहरुमा बस्नुभएको छ । उहाँहरुले कोभिडको विरामीहरुको केयर गरिरहनुभएको छ । जसले सक्नुहुन्न, जसमा लक्षण छैन, उहाँहरु होम आइसोलेसनमा हुनुहुन्छ । सक्नेहरुमात्र उपचारमा संलग्न हुनुहुन्छ अहिले ।

त्यसो भए केन्द्रलाई किन जानकारी गराउनुभएन ? त्यहाँ त स्वास्थ्य मन्त्रालयका प्रमुख आउनुभएको छ ?

कुरा भैसक्यो । हामी जिल्लास्थित् सीसीएमसीमा बसेर त्यसको बारेमा छलफल गयौँ र ८० जना थप जनशक्तिको लागि हामीलाई स्वीकृति प्राप्त भयो । हामीले भर्ना प्रक्रिया अगाडि बढाई सकेकाछौँ । सम्भवतः नयाँ भर्ना भएका स्वास्थ्यकर्मीहरु आजबाट आउनुहुन्छ होला । र, हामीले अस्पतालको तर्फबाट पनि हामीसंग रहेका रिक्त दरबन्दीहरुमा भर्ना गर्ने कामहरु अगाडि बढाईसकेका छौँ । तर पनि दुई सय १२ बेड भनेको एकदमै ठुलो संख्या हो । जसमा जटिल प्रकारका संक्रमितहरु राखेर उपचार गरिन्छ । त्यो जनशक्ति पनि कम हुन्छ । थप जनशक्तिको लागि पनि हामीले नेपालगञ्ज उपमहानगरपालिकासंग कुरा गरिराखेका छौँ । उहाँहरुले पनि एक÷दुई दिनमा ४३ जना नर्सिङ स्टाफको सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

नेपालगञ्जमा कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न तपाईँहरु असफल भएको हो त ?

अहिले अलिकति अप्ठ्यारो स्थिति छ । हरेक दिन ५ सयको हाराहारीमा नयाँ संक्रमित थपिँदै जानुभएको छ । संक्रमित भएका मान्छेहरुमध्ये धेरैलाई जटिलता छ । अक्सिजनको कमी भैराखेको छ । भनेको अवस्थामा बेड पाउने स्थिति छैन । हामीले भेरीमा छुट्याएर राखेका दुईवटा बेडहरुको पनि कमी हुने अवस्था आउँछ । त्यसकारणले पालिकास्तरमा पनि हरेक पालिकाले अक्सिजन सहितको ५० वटा बेड बनाउने काम अगाडि बढाईसक्नुभएको छ । कतिले बनाईसक्नुभएको छ । कतिले बनाईसक्नुभएको छ । तर, यतिले पनि कम होलाजस्तो भएको छ । किनभने जुन÷जुन गतिले यो छोटो समयमा कोरोनाको दोस्रो लहर एकदमै जटिल भइरहेको छ । यो पोहोर सालको भन्दा एकदमै द्रुत गतिमा फैलिएको छ । हरेक समुहका, हरेक वर्गका मानिसहरु प्रभावित हुनुहुन्छ । त्यो भएको कारण अब आउदा दिनहरुमा अझै गाह«ो हुन्छ कि भन्ने अहिले त्यो किसिमले हामीलाईँ महशुस भईराखेको छ । त्यो किसिमले भेरी अस्पतालमात्र नभएर बाँके जिल्लामा नै सम्पुर्ण ठाउँलाई कसरी यसलाई व्यवस्थापन गर्नुपर्छ भन्नेमा दिनदिनै जसो हामी यसमा नै लागेर काम गरिराखेका छौँ ।

भेरीमा स्वास्थ्यर्मीलाई चाहिने सामाग्रीहरु छैन ? माक्स नि छैन ? तपाईँहरु कहाँ हुनुहुन्छ ?

यो समस्या छैन । अहिले हामीसँग पिपिई माक्स स्यानिटाईजर छ । अब समस्या पर्नसक्छ किनभने ठुलो संख्यामा विभिन्न सामाग्री खर्च हुने भएकोले हुनसक्छ । अहिले तुरुन्तै त्यो कमी छैन । हामीले पहिला स्टकमा राखेका थियौँ । त्यसले काम गरिराखेको छ । अबको एक÷दुई हप्तापछि केही समस्या हुन्छ कि भनेर हामी त्यसमा पनि थप छलफलमा लागिराखेका छौँ ।

त्यसोभए संक्रमित विरामीले उपचार पाईराखेका छन ? समस्या छैन ?

भर्ना हुनेहरुले थोरै जनशक्ति भएतापनि २४सै घण्टा खटेर लागिरहनु भएको छ । बेड पाउनसक्ने अवस्था अलिकति गाह«ो छ । अलिकति वेटिङमा बस्नुपर्ने हामीले पनि बेड नभएसम्म भर्ना लिनसक्ने अवस्था छैन । अक्सिजन लिनुपर्ने मान्छे मात्र अस्पतालमा भर्नाको लागि आउनुहुन्छ । अक्सिजन भएको बेड नभएपछि कहिलेकाहीँ उहाँहरुलाई अन्यत्र जानुहोस् भन्ने अवस्था छ । र, भर्ना भएका विरामीहरुलाई हामीले उपचार गरिरहेका छौँ । सकभर अस्पताल आउने विराीलाईपनि कतै नपठाएर अस्पतालमा नै राख्ने व्यवस्था हामी मिलाउँछौँ ।



प्रतिक्रिया दिनुहोस्