Logo

‘गण्डकी प्रदेशका मुख्यमन्त्रीले कहाँ बाजी मार्नुभएको छ ? खेल हेर्दै जानुहोस न मैदानमा छ’ : शेखर कोइराला



नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले सरकारले कोरोना महामारी नियन्त्रणको लागि चालेका कदमलाई सहयोग गर्ने विश्वास दिलाएका छन् । नेता कोइरालाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले अहिले बाजी मारेको भन्न नमिल्ने स्पष्ट पारेका छन् । उनले अहिले खेल मैदानमा रहेको भन्दै भोटिङमा जाँदा थाहा हुने दाबी गरेका छन । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि अलमल गरेको टिप्पणी गरेका छन् । उनले अविश्वासको प्रस्ताव ल्याउन पार्टीले ढिलाई गर्नुमा नेतृत्वको दोष देखेका छन् । प्रस्तुत छ नेता कोइरालासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा छ, यसलाई नेपाली काँग्रेसको पुर्ण रुपमा सहयोग छ नि ?

यसमा पार्टीको कुरा भएन नि त, देशमा यत्रो महामारी छ । यो अवस्थामा सरकारलाई हामीले सहयोग सधैं गर्नुपर्छ ।

त्यसो भए निषेधाज्ञाको विकल्प थिएन ? सरकारले जे गर्यो ठिक गर्यो ?

मैले निषेधाज्ञाको विकल्प देखेको छैन । सरकारले निषेधाज्ञाले मात्रै समस्याको समाधान हुन्छ भन्ठानेको छ भने त्यो गलत हो । सरकारले खोप ल्याउनुपर्यो । जनतालाई खोप लगाउनुपर्यो । त्यो गाह«ो भईराखेको छ किनभने नेपालमा त खोप बन्दैन् । विदेशबाट ल्याउनुपर्ने हुन्छ । त्यो सम्भव भईराखेको मैले देखिराखेको छैन । दोस्रो कुरा यो माक्सको प्रयोग भईराखेको छैन । त्यसमा कडाई गर्नुपर्यो । कडाई हुन सकिराखेको छैन । जसले माक्स लगाउदैन, त्यस्तो व्यक्तिसंग फाईन लिनुपर्ने भएमा फाईन पनि लिनुपर्यो । घर बस्दाखेरि पनि माक्स लागाउनुपर्छ भन्ने कुरा आईराखेको छ भारतमा भनेपछि नेपालमा त परिस्थिति झन भयावह हुन्छ कि भन्ने डर छ । अर्को कुरा सावुन पानीले हात धुने, अतिआवश्यक परेका बेलामात्रै घरबाट बाहिर निस्किने नत्र ननिस्किने यत्ति काम त गर्नुपर्यो नि । केही पनि नगर्ने व्यापारीहरुलाई आफ्नो व्यापार नै चलाउनुछ । स्कुलवालाहरुलाई आफ्नो स्कुल नै चलाउनुछ भने त समस्या उत्पन्न हुन्छ ।

कोरोनाको समस्या छ, जनता अप्ठ्यारोमा छन, राजनीति गर्नेहरु आफ्नो कुर्सी जोगाउनमा व्यस्त छन नि ?

नेपालको राजनीतिक दलहरु र संसद् अहिले मैले भन्नुपर्दा निकम्मा नै भएको छ । अहिले यो देशको परिस्थिति एकातिर कोरोनाको कहर छ अर्कोतिर संसद् अनिर्णयको बन्दी बनेर हठात संसद बन्द गर्नुपरेको छ । राजनीतिक दलहरुको अवस्था मैले भनिरहनुपर्दैन । तपाईँलाई नेपाली काँग्रेस होस् एमालेको होस्, एमालेभित्रको गुट होस् वा जसपा होस् उनीहरुभित्रको गुट होस् । हुँदाहुँदा हामीहरुको रोग जनमोर्चामा पनि सरिसकेको छ । यो दुर्भाग्य हो नेपालको लागि ।

जनमोर्चाले गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमा मतदान गर्न भन्यो तर जनमोर्चाका सांसद मतदान गर्नेबेलामा उपस्थित हुन सक्नुभएन ? नेपाली राजनीतिमा नैतिकता त हरायो नि होईन ?

नैतिकता भन्ने कुरा त छँदै छैन नि । त्यो नैतिकता भन्ने कुरा नेताहरुले सिकाउने हो । जनमोर्चामा छ जस्तो लागेको थियो मलाई, तर त्यो पनि गुमेछ । मलाई दुःख लाग्यो जनमोर्चाको साथीले यस्तो गर्नुभएकोमा । नेपाली काँग्रेस माओवादी एमालेहरुले गरेको भए दुःख लाग्दैन् किनकी उनीहरुमा नैतिकता नै छैन । नैतिकता नभईसके पछि यस्ता गलत कामहरु त भईरहन्छन । तर, जनमोर्चाका साथीहरुले गर्दाखेरी वास्तवमा चित्त दुःखेर हिजो मैले चित्रवहादुर केसीजीसंग पनि कुरा गरेको थिएँ ।

चित्रवहादुर केशीले त आफ्ना सांसदलाई अपहरण गरियो भनेर भन्नुभएको छ नि ?

अपहरण गरेको होईन भन्ने कुरा त स्वस्थ भएरपनि उहाँ आइसियुमा भर्ना हुनुहुन्थ्यो भन्ने कुरा त जगजाहेर भईसकेको छ । पीसीआर नेगेटिभ जनस्वास्थ्यले टेस्ट गरेर देखायो । अस्पतालले पीसीआर पोजेटिभ भनेर देखाउँछ । यो के हो ? या हामीले सुनेका गलत हौँ ? नत्रभने यस्तो गर्नेलाई कारवाही गर्नुपर्यो । कि परेन भन्नुहोस् त ? यस्ता कुराहरुमा पनि हामी नबोल्ने ?

जनमोर्चाका सांसद खिमविक्रम शाही हिजो कोराना अस्पतालमा भर्ना हुनुभयो ,तर उहाँलाई कोरोना देखिएन किन यस्तो भईरहेको छ ?

होईन दोषी को हो ? त्यो रिपोर्ट दिने मानिस दोषी र त्यो गराउने मानिस दोषी हो नि । किनकी सबैको रिपोर्ट नेगेटिभ त आईसकेको थियो त । सबैको रिपोर्ट त्यो त बदमासी गरेको हो नि त पार्टीमा यो सबै चल्छ भनेर यो बदमासी गरेको हो । तर, जनमोर्चाबाट मैले यो सोचेको थिइनँ भनेको मात्रै हो ।

अब मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको पद त जोगियो नि त ? उहाँले त बाजी मार्नुभयो ?

कहाँ बाजी मार्नुभएको छ ? खेल हेर्दै जानुहोस न मैदानमा छ । खेल स्थगन् भएको छैन । यसमा कहिले फेरि भोटिङ हुन्छ । भोटिङ त भएको छैन नि बाजी मार्ने र नमार्ने कुरा होईन । तपाईँको यो त विकृति÷विसंगतिहरु केन्द्रमा त थियो थियो त्यो केन्द्रको विकृति र विसंगतिहरु प्रदेशमा पनि आयो । सबै प्रदेशमा आयो । कर्णालीबाट सुरू भयो । लुम्विनीमा शंकर पोखरेलजीको पद धरापमा पर्नेभयो भनेर उहाँविरुद्ध अविश्वासको प्रस्ताव हाल्नेलाई नै मन्त्री बनाई दिनुभयो । मन्त्री बन्नका लागि नै राजनीति गरेको भए त मेरो भन्नु छैन केही । नेपालको राजनीतिमा विकृति÷विसंगति र ‘मनी–पावर’ यति धेरै बढेर गएको छ । भोलिका दिनहरुमा अत्यन्त गाह«ो र अप्ठ्यारो परिस्थितिमा हामी छौँ ।

हाम्रो देशका प्रदेश मुख्यमन्त्रीहरुको बद्नाम त भयो नि होईन ?

बद्नाम त प्रधानमन्त्रीदेखि लिएर सबै बदनाम हुनुहुन्छ नि । मुख्यमन्त्री पनि प्रधानमन्त्री पनि मन्त्रीहरु पनि बद्नाम छन नि यी सबै कुराहरुमा त । एकजनालाई मात्रै किन दोष दिने ?

काँग्रेसले प्रधानमन्त्रीविरुद्ध किन अविश्वसको प्रस्ताव ल्याउन खोजेको छ त ?

नेपाली काँग्रेस पनि मैले त अलमलमा नै देखिराखेको छु । ठिक छ नेपाली काँगे्रसको संख्या पुग्दैन, त्यो हामी सबैले बुझिराखेका छौँ । नेपाली कांग्रेसले बुझेको छ । नेपाली काँग्रेसका नेताहरूले नबुझेका होईनन् । तर, नेपाली काँग्रेसको नेतृत्वबाट पहल कति भईरहेको छ भन्ने कुरा ईम्पोर्टेन्ट हो । सुरुदेखि हेर्नुहोस हाम्रो सभापतिजीले निर्वाचनको निम्ति नै पहल गर्नुभएको थियो पहिले, संसद् विघटन गरिसकेपछि । संसद् पूनःस्थापनामा त्यतिधेरै चासो देखाउनुभएको थिएन । निर्वाचनको निम्ति पनि पहल गर्नुपर्यो नि त।

अन्तर्वार्ताको पूरा अंश केही बेरमा …..

 

 



प्रतिक्रिया दिनुहोस्