Logo

स्कुल र रंगशालालाई अस्थायी अस्पताल बनाउन सुझाव



काठमाडौं, बैशाख १७ । कोरोना संक्रमितको संख्या लगातार बढिरहेको अवस्थामा काठमाडौं उपत्यकाका अस्पतालले बिरामीको चाप थेग्न नसक्ने भन्दै चिकित्सकले पार्टी प्यालेस, विद्यालय र रंगशालामा अक्सिजनसहित ‘मेकसिफ्ट’ अस्पताल सञ्चालन गर्न माग गरेका छन्। राजधानीमा निजी क्षेत्रको ठूलो अस्पताल मानिने ग्रान्डी इन्टरनेसनलका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले

ट्विट गर्दै भनेका छन्, ‘कोभिड–१९ उपचारका धेरै अनुरोधलाई स्वीकार गर्न नसकिने असहाय अवस्था सिर्जना भएको छ। त्यसैले पर्याप्त अक्सिजनको व्यवस्थासहित राजधानीका पार्टी प्यालेस, विद्यालय र रंगशालालाई अस्थायी अस्पताल ९मेकसिफ्ट अस्पताल० बनाउनुपर्ने समय आइसकेको छ।’

डा पाण्डेले अस्थायी अस्पताल बनाउन सैनिक, प्रहरी र स्वयंसेवकको सहयोग लिन सकिने र यसका लागि कार्यम्ूलक निर्देशिका बनाउन सकिने उल्लेख गरेका छन्। कोरोना महामारीको पहिलो लहरका क्रममा चीनले बुहानमा १ हजार शय्या अस्थायी अस्पताल १० दिनमै बनाएर विश्वलाई अचम्मित पारेको थियो।

कोरोनाका बिरामीले काठमाडौं उपत्यकाका अधिकांश अस्पतालका सघन उपचार कक्ष भरिभराउ रहेको चिकित्सक बताउँछन्। डा। पाण्डेले बुधबार राति गरेको उक्त ट्विटप्रति प्रतिक्रिया दिँदै लाकुरी नामका ट्विटर प्रयोगकर्ताले कोभिड–१९ अस्थायी अस्पताल तत्काल घोषणा गर्न, अनावश्यक सर्जरी तत्काल बन्द गर्न, तोकिएका अस्पतालका हाइकेयर र पोस्ट अपरेटिभ वार्ड उपयोग गर्न, हरेक अस्पतालले कोरोनाका बिरामीलाई अनिवार्य रूपमा राख्नुपर्ने औंल्याएका छन्। घ्रिताकौशिका नामका अर्का ट्विटर प्रयोगकर्ताले डा। पाण्डेको यो सल्लाह आमनागरिकका लागि नभई प्रधानमन्त्रीलाई हुनुपर्ने जनाएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्