काठमाडौं, बैशाख १७ । राजधानीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।
श्वासप्रश्वासको समस्या देखिएपछि अक्सिजनको सहायतामा उपचार गराउँदै आएकी उनलाई श्वासप्रश्वासमा समेत समस्याआएपछि बुधबारदेखि हाई फ्लो अक्सिजनको सपोर्टमा आईसीयूमा राखिएको थियो । बिहीबार साँझदेखि भने उनलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको अस्पतालले जनाएको छ ।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ भने पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ ।




प्रतिक्रिया