Logo

डा.बाबुराम भट्टराईको वीर अस्पतालमा शल्यक्रिया सम्पन्न



काठमाडौँ, १७ वैशाख : जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रिया सम्पन्न भएको जानकारी डा. भट्टराई पत्नी हिसिला यमीले आफ्नो सामाजिक संजालमार्फत जानकारी गराएकी हुन् ।

वीर अस्पतालमा भट्टराईको पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रिया गरिएको हो । शल्यक्रियाका लागि विहीबार भर्ना भएका थिए।

Photo Source: Twitter Page of Hisila Yami

 



प्रतिक्रिया दिनुहोस्