Logo

ग्लोबल आईएमई बैंकको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड



काठमाडौं, १७ बैशाख । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षकोे तुलनामा ३२.४० प्रतिशतले बढी भएको बैंकले सार्वजनिक गरेको आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँले धेरै हो । गत वर्ष चैत मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी यो चालु आवको सोही अवधिसम्म बढेर २२ रुपैयाँ ५ पैसा पुगेको छ ।

हाल बैंकको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको जनाएको छ । त्यसैगरी, बैंकको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्