Logo

कर्णाली प्राविधिक शिक्षालयमा भर्चुअल कक्षा



खलङ्गा,१७ वैशाख: जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयले कोरोना सङ्क्रमणका कारण भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय, कलेज, ट्युशन सेन्टर र शिक्षालय बन्द गर्ने निर्णय गरेपछि विकल्पका रुपमा भर्चुअल कक्षा सञ्चालन गर्न लागिएको हो ।

शिक्षा कार्यालयका प्रमुख टेकेन्द्र थापाले समितिको बैठकको निर्णय अनुसार विद्यार्थीलाई घर पठाइसकिएको तर घर गएपनि अधिकांश समय अध्ययनमा खर्च होस भनेनर भर्चुअल कक्षा सञ्चालन गर्न लागिएको हो भने । घरबिदामा गएका ४० प्रतिशत विद्यार्थी भएको ठाउँमा फोनको सुविधा नभएको तथा दश प्रतिशत विद्यार्थीसँग मोबाइल नै नभएको भन्दै थापाले जसरी भएपनि अनलाइन कक्षा चलाउनुपर्ने अवस्था आएको छ भने ।

कर्णालीका १० सहित देशका विभिन्न जिल्लाका करिब ७ सय ३५ विद्यार्थी कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत छन् । कोरोना सङ्क्रमण नियन्त्रण नभए सम्मका लागि वैशाख १५ गतेदेखि सबै विद्यार्थीलाई घर पठाइएको शिक्षालयले जनाएको छ । शिक्षालयमा कृषि बाली विज्ञान, फार्मेसी, वन विज्ञान, सिभिल इञ्जिनियररिङ, प्रि डिप्लोमा तह कृषि जेटिए र सबै ओभरसियर कार्यक्रम सञ्चालित छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्