Logo

लकडाउनमा झण्डा हल्लाउँदै लुम्बिनी प्रदेशका ४ मन्त्री किन अचानक आइपुगे काठमाडौं



काठमाडौं, १७ वैशाख । मन्त्री बनेको केही दिनमै सांसद पदबाट मुक्त गरिएका जनता समाजवादी पार्टीका ४ नेता हतार हतार काठमाडौं आइपुगेका छन् । उनीहरु बबरमहलस्थित सम्पर्क कार्यालय पुगेका छन् ।

बबरमहलमा मन्त्रीहरुको गाडी पार्किङमा छ । भित्र अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोसँग लुम्बिनी प्रदेशका मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे छलफलमा व्यस्त छन् ।

सांसदबाट पदमुक्त गरिएको विषयमा भावी रणनीति तय गर्नेबारे छलफल गरिरहेका हुन् । प्रदेश कमिटीले पत्र लेखी सांसद पदबाट निष्काशित गर्न भनेबमोजिम हटाइएको सुचना प्रकाशित भएपछि मन्त्रीहरु काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई ठाकुर समूहको साथ छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षधरले ४ सांसदलाई पदमुक्त गरेको हो । उनीहरु मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि कित्ता परिवर्तन गरी मन्त्री बनेका थिए । पार्टी निर्णय विपरित गएको भन्दै उनीहरुमाथि कारबाही भएको हो ।-तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्