Logo

हवाई यातायातपनि बन्द हुन सक्ने



काठमाडौं, बैशाख १८। हाल यथावत रहेको हवाई यातायात बन्द हुने देखिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेपछि हवाई यातायात बन्द हुने देखिएको हो ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय हुने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्