Logo

विप्लवद्वारा देशभक्तहरुको संयुक्त सरकारको प्रस्ताव (विज्ञप्तिसहित)



काठमाडौं, १८ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशभक्त प्रगतिशीलहरुको संयुक्त सरकार गठन हुनुपर्ने बताएका छन् । उनले मई दिवसमा विज्ञप्ति जारी गर्दै त्यस्तो प्रस्ताव गरेका हुन् ।

विप्लवले जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद स्थापनामा जोड दिएका छन् । उनले पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको उल्लेख गरेका छन् ।

विप्लवले वैज्ञानिक समाजवादका लागि प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्टहरुको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार गठन हुनुपर्ने प्रस्ताव राखेका छन् । संयुक्त सरकार गठन गरी जनमतसङ्ग्रह गरिनुपर्ने उनको प्रस्ताव छ ।

विप्लवले क्रान्तिकारीहरुलाई एकतावद्ध हुन समेत आव्हान गरे ।



प्रतिक्रिया दिनुहोस्