Logo

काठमाडौंमा निषेधाज्ञाको आज तेस्रो दिन, पहिलेभन्दा थप कडाई (फोटोफिचर)



काठमाडौं, १८ बैशाख । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । काठमाडौं उपत्यकामा भने बैशाख १६ गते विहान ६: ०० बजेदेखि निषेधाज्ञा जारी छ । आज निषेधाज्ञाको तेस्रो दिन । निषेधाज्ञा आगामी बैशाख २२ गते राति १२ बजेसम्म कायम गरिएको छ ।

काठमाडौं प्रशासनले भने निषेधाज्ञालाई थप कडा पारेको छ। शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर ९डिसिसिएमसी० बैठकपछि निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गरिएको छ । विभिन्न ठाउँमा चेकिङ गरिएको छ ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्