Logo

अमेरिकाले नेपाललाई ८६ लाख डलर बराबरको आपतकालीन प्रतिकार्य सहयोग गर्ने



काठमाडौं, १८ बैशाख । अमेरिकाले नेपाललाइ ८५ लाख डलर बराबरको थप आपतकालिन प्रतिकार्य सहयोग उपलबध गराउने भएको छ । उक्त सहयोग अमेरिकी सरकारले युएसएआईडीमार्फत गर्ने जनाईएको छ । नेपालस्थित् अमेरिकी दूतावासले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको छ ।

दूतावासको फेसबुक पेजमा भनिएको छ,‘नेपालमा कोभिड–१९ को केसको संख्या बढेर फेरी असहज परिस्थिती सृजना हुनलागेको पृष्‍ठभूमिमा अमेरिकी सरकारले युएसएआइडी मार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। यो रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपालसरकारको कोभिड–१९ को जाँच, व्यवस्थापन, उपाचार्, संक्रमण नियन्त्रण तथा तीन तहको सरकारका कोभिडसम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिनको लागि खर्च हुनेछ।’ File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्