Logo

पार्टी नफुटेको विप्लवको दाबी



काठमाडौं, १८ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी नफुटेको दाबी गरेका छन् । नेकपाले कृष्ण धमलाद्वारा निर्माण गरिएको जन समाजवादी मञ्चलाई पार्टी फुटको संज्ञा दिएर भ्रामक प्रचार गरिएको टिप्पणी समेत गरेको छ ।

केन्द्रीय कार्यालयका असलद्वारा हस्ताक्षरित प्रेस नोटमा मञ्च गठनलाई दलाल पुँजीवादी र संसद्वादीहरुलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार भनिएको छ ।

आज मई दिवस पारेर नेकपाका पूर्व पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला गम्भीरले विद्रोह गरी नयाँ पार्टी गठन गरेका हुन् । विज्ञप्ति जारी गर्दै धमलाले नयाँ पार्टी गठन गरेको घोषणा गरेका हुन् । पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । पार्टीमा ५१ सदस्यीय जन समाजवादी मञ्च समेत गठन गरिएको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्