Logo

झलनाथको स्वास्थ्य सामान्य, अक्सिजनको सामान्य सपोर्टमा राखियो



काठमाडौं, १८ बैशाख । कोरोना संक्रमण भएर नर्भिक अस्पताल भर्ना भएका नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाललाई अहिले अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक ल्याउनुअघि नेता खनाललाई मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । नर्भिक अस्पतालमा आज साँझ भर्ना भई उपचाररत रहेका खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखेर उपचार गरिरहेकोे अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिएका छन् । उनका अनुसार पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot