Logo

भारतीय नम्बर प्लेटको कारभित्र गन्हाएको अवस्थामा तीन शिशुको शव फेला



दाङ, बैशाख १९ । दाङको तुलसीपुर बजारमा रोकिराखिएको भारतीय कारभित्र तीन शिशु मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्याउली बजारमा रोकिराखिएको जे ०१६६०८८५ नम्बरको भारतीय नम्बर प्लेटको हरियो रंगको कारभित्र तीन शिशु मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरुलाई शनिबार राति फेला पारिएको हो । उक्त कार लामो समयदेखि सो स्थानमा पार्किङमा राखिएको प्रहरीले बताएको छ ।

मृत शिशुको पहिचान खुल्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्