Logo

कोरोना उपचारमा सरकारको आत्मसमर्पणः ‘सरकारले जिम्मेवारी लिनुको साटो त्रास फैलायो’



काठमाडौं, बैशाख १९ । काठमाडौं उपत्यकामा कोभिड–१९ को उपचार गरिरहेका निजी तथा सरकारीसहितका अस्पतालहरूले बेड भरिएको विवरण सार्वजनिक गरिरहेका छन् । यस्तो बेलामा सरकारले भने सिकिस्त बिरामीका लागि पनि शय्या उपलब्ध गराउन नसकिने भन्दै हात उठाएको छ । यसमा सर्वसाधारण तथा जनस्वास्थ्यविद्हरूले समेत आक्रोश र आपत्ति व्यक्त गरेका छन् ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकाल्दै थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर उपचार हेरचाहका लागि शय्या उपलब्ध गराउन नसक्ने बताएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा २२ ओटा जिल्लामा कोरोना संक्रमणको दर डरलाग्दो गरी बढेकाले श्य्या उपलब्ध गराउन नसकिने भन्दै नागरिक आफै संवेदनशील हुन भनिएको छ ।

नेपालमा कोरोना संक्रमण र यसका कारण हुने मृत्युदर बढ्दै गएको छ । गएको १ सातामा मात्रै कोरोनाका कारण १६२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमित हुनेको संख्या ५ हजार नाघिरहेको छ । अघिल्लो वर्ष मङ्सिरपछि विस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई दोहोरो अंकमा झरेकामा चैतबाट दोस्रो लहर शुरू भएको संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार पछिल्लो समय कोरोनाको संक्रमण द्रुतगतिमा युवा पुस्तामा समेत फैलिरहेको छ । अघिल्लो वर्ष देखिएको कोरोनामा विशेक्ष गरी वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएकोमा अहिले नयाँ भेरिएन्टको संक्रमण युवा र किशोरहरूमा समेत बढी नै देखिएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्