Logo

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छः प्रधानमन्त्री



काठमाडौं, बैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताएका छन् । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले न्यूनतम पारिश्रमिक पुनरवलोकन गरी मासिक १५ हजार रुपैयाँ हुने व्यवस्था गरिने र सबैलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने उद्घोष गरेका हुन्। प्रधानमन्त्री ओलीका अनुसार सबै नागरिकलाई निःशुल्क खोप अभियान जारी छ । स्वास्थ्य सेवालाई भरपर्दो बनाउन सरकार लागिपरेको उनको भनाइ छ । श्रमको औपचारिक र अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानूनी रूपमा अन्त्य गरेको र सरकारले तीन वर्षको अवधिमा सामाजिक क्षेत्रमा लगानी बढाई श्रमको सम्मान र मर्यादित कामको अवधारणलाई प्रवर्द्धन गरेको उनले बताए ।

आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउने पाँच लाख थपिएर ३० लाख ६० हजार पुगेको र सबै ज्येष्ठ नागरिकको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको प्रम ओलीको भनाइ छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot