Logo

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा



काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । नयाँ सरकार गठनको लागि मार्गप्रशस्त गर्न पोखरेलले राजीनामा दिएको बताईएको छ ।

उनीविरुद्ध कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याएका छन् । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा आजबाट छलफल सुरू हुने जनाईएको छ । अविश्वासको प्रस्तावमा सांसदहरुले आफ्नो भनाई राखेपछि मतदान गरिने छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि नेकपा (एमाले) संसदीय दलको बैठक बसेको छ ।

 



प्रतिक्रिया दिनुहोस्