Logo

भोली बस्ने तय भएको मन्त्रिपरिषद्को बैठक आजै बस्दै



काठमाडौं, बैशाख १९ । सोमबार बस्ने तय भएको मन्त्रिपरिषद् बैठक आजै अपरान्ह बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाएको हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको बैठकबारे कुनै एजेण्डा खुलाइएको छैन । आजको बैठकमा कोरोना महामारीमा छलफल र निर्णय हुन सक्ने स्रोतको दाबी छ। बैठकले महामारी रोकथामका लागि सिसिएमसीले गरेका सिफारिसमा समेत निर्णय लिने छ ।

आजको बैठकले जारी निषेधाज्ञामा कडाई गर्दै हवाई उडानको बारेमा समेत निर्णय गर्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्