Logo

कोरोनाका कारण कञ्चनपुर र अछाममा एक–एक जनाको मृत्यु



काठमाडौं, बैशाख १९ । कोरोना भाइरसको संक्रमणका कारण कञ्चनपुर र अछाममा एक–एक जनाको मृत्यु भएको छ । आइतबार बिहान कञ्चनपुरको महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनीमा वैशाख १३ गते संक्रमण पुस्टि भएको थियो। उनको आइतबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए। त्यस्तै, अछामको मेल्लेख गाउँपालिका–७ का ६० वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए।

बैशाख १६ गते बयालपाटा अस्पतालमा परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुस्टि भएको थियो।

 



प्रतिक्रिया दिनुहोस्