Logo

महन्थद्वारा ओलीका लागि ४ सांसदलाई ‘बली’



काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ४ प्रदेश सांसद पदमुक्त नभएको भए शंकर पोखरेल एकल बहुमतका मुख्यमन्त्री बन्ने अवस्था रहन्नथियो । जसपाका पदमुक्त भएका ४ सहित कुल ६ सांसद संख्या थियो । तर, महन्थ ठाकुर र राजेन्द्र महतोको निर्देशनमा सर्वेन्द्रनाथ शुक्लाले लुम्बिनीमा सक्रियता देखाएसँगै अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेका ४ सांसद यु टर्न भई मन्त्री खान पुगेका थिए ।

मन्त्री बनेका ४ जनालाई जसपाको कार्यकारिणी समितिको निर्णय बमोजिम पदमुक्त गर्ने निर्णय भयो । उनीहरु पदमुक्त भए । त्यसपछि ८४ सदस्यीय गण्डकी प्रदेशको प्रदेश सभा ८० मा सिमित हुनपुग्यो । जसका कारण ४१ सदस्य भएको नेकपा एमाले एकल बहुमतमा पुग्यो ।

मुख्यमन्त्री शंकर पोखरेल एकल बहुमतको सरकारको नेतृत्वका लागि अगाडि बढेसँगै जसपाका अध्यक्ष महन्थ ठाकुरले ४ सांसदलाई बली चढाएको घटनाक्रमले देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिष्ठाको विषय थियो लुम्बिनी प्रदेश । उनका अति विश्वासपात्र पोखरेल त्यहाँ मुख्यमन्त्री थिए । पोखरेललाई जसपाको ४ सांसदको पदमुक्तीले राहत दियो । यसले सबैभन्दा ठूलो उत्साह बालुवाटारमा छायो ।

यथास्थितिमा लुम्बिनीमा एमालेका ४१, काँग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका २, जनमोर्चाका १ सांसद संख्या रहेका छन् । सरकार ढाल्ने र बनाउनेमा निर्णायक बनेको जसपा लुम्बिनीमा कमजोर भएको छ ।

जसपाका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे भुसाल केही दिनका लागि मन्त्री त भए तर उनीहरुको सांसद पद पुग्यो । महन्थ ठाकुरले ओलीका विश्वासपात्र मुख्यमन्त्री शंकर पोखरेलका लागि आफ्ना ४ सांसदलाई सत्ताको सुलीमा चढाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot