काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रतिनिधिसभा सदस्य मोहम्मद ईस्तियाक राईले लुम्बिनी प्रदेशमा नेकपा (एमाले) को एकल बहुमत नभएको दाबी गरेका छन् । मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएर एक बहुमतको सरकार बनाउने तयारी गरिरहेको अवस्थामा जसपा नेता राईको यस्तो टिप्पणी आएको हो ।
पोखरेलले भने आज विहानै प्रदेशसभा प्रमुख धर्मेन्द्र यादवसमक्ष राजीनामा दिएका थिए । उनको राजीनामा स्विकृत पनि भैसकेको छ । एमाले संसदीय दलको बैठकले पोखरेलकै नेतृत्वमा एकल बहुमतको सरकार बनाउने निर्णय गरिसकेको छ । एमालेको ४१ जना सांसदसहित बहुमत रहेको छ । तर, जसपा नेता राईले भने शंकर पोखरेल संग एकल बहुमत नभएको जिकिर गरेका छन् । उनले भनेका छन्,‘शंकर पोखरेल संग एकल बहुमत छैन ! अर्को दाबी बहुमत सहित जांदै ##picture अभी बाक़ी है !” File Photo/ReportersNepal




प्रतिक्रिया