Logo

दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट



डडेल्धुरा, १९ वैशाख: यहाँका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । परशुराम नगरपालिका–९ उदासीपुर गाईबाँधे र आलिताल गाउँपालिका–६ धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभाग कार्य प्रशासन शाखाको पत्रानुसार यस कार्यालयले उदासीपुर गाईबाँधे र धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रजिअ हरिप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा अस्थायी प्रहरी पोष्टको विधिवत् रुपमा उद्घाटन गरी कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

अहिले अस्थायी प्रहरी पोष्टका लागि स्थानीय सहकारको भवन र विद्यालयको भवनका चार कोठा लिइएको छ । प्रहरी पोष्टका लागि आवश्यक फर्निचरको व्यवस्था गाउँपालिकाले गरेको छ । अस्थायी प्रहरी पोष्टमा दुई प्रहरी हबल्दार र चार प्रहरी जवान गरी छ जना खटाइएको छ भने निकट भविष्यमै प्रहरी सहायक निरीक्षकको नेतृत्व रहने प्रमुख नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्