लुम्बिनीमा चार जनालाई मन्त्री नबनाए एमालेसँग सम्बन्ध तोड्ने महन्थ ठाकुरको घोषणा


काठमाडौं, १९ बैशाख । लुम्बिनी प्रदेशको पछिल्लो राजनीतिक घट्नाक्रमले केन्द्रको पनि राजनीति तातेको छ । शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि अब एमालेको एकल बहुमतको सरकार बनाउने तयारी छ । उनले त्यही उद्देश्यले आज विहान प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । यो निर्णयले जसपामा ठूलो हल्लीखल्ली मच्चिएको छ ।

पोखरेलको उक्त निर्णयलाई जसपाका अध्यक्ष महन्थ ठाकुरले धोकाबाजीको संज्ञा दिएका छन् । आफ्नो पार्टीका चार जना सांसदले पोखरेलविरुद्धको अविश्वासको प्रस्तावबाट ब्याक भएर उनकै सरकारमा सहभागी भएको अवस्थामा एमालेको एकल बहुमतको सरकार बनाउने तयारी गर्नु धोकाको राजनीति भएको ठाकुर पक्षको बुझाई छ ।

लुम्बिनीमा एमालेले धोका दिएको भन्दै महन्थ ठाकुरले डाके आकस्मिक बैठक

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

ठाकुर पक्षको आकस्मिक बैठक बबरमहलमा बसेको थियो । उक्त बैठकले अब बन्ने सरकारमा जसपाका चारै जनालाई सहभागी गराउनुपर्ने निश्कर्ष निकालेको छ। अन्यथा, एमालेसँग अब कुनैपनि सहकार्य गर्न नसकिने उनीहरुको निचोड छ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले अब विस्तार हुने लुम्बिनी सरकारको मन्त्रिपरिषदमा जसपाका यसअघि मन्त्री भएका चारै जनालाई समावेश गरिने जानकारी दिए । ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा डा. भट्टराईले भने–‘हामी चार जनालाई नै समावेश गरेर जान्छौं ।’ file photo