Logo

स्थानीय तहलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड



काठमाडौँ, १९ वैशाख: ‘डिजिटल नेपाल’ को आकाङ्क्षा पूरा गर्नका लागि स्थानीयवासीलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइएको छ ।

‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा त्यहाँ आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गर्दै वक्ताहरुले स्थानीय तहका प्रत्येक कार्यालयलाई आइसिटीमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आइसिटी क्षेत्र मुलुकको आर्थिक विकासलागयत सबै क्षेत्रको विकासमा जोडिएको जनाउँदै आइसिटी क्षेत्रको विकास गर्नुपर्ने बताए ।

सरकारमा मुख्य सचिव शङ्करदास वैरागीले डिजिटल नेपालको उद्देश्य पूरा गर्न सबैभन्दा पहिला सरकारी कामकाजलाई नै व्यावहारिक रुपमै डिजिटलमैत्री बनाउने कार्य भइरहेको बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्दै दूरसञ्चार सेवालाई सबै जनताको पहुँचमा पु¥याउने गरी प्राधिकरण तीव्र रुपमा काम गरिरहेको जानकारी दिए ।

दिवसका अवसरमा मन्त्रालयले आइसिटी क्षेत्रमा योगदान पु¥याउने चार सङ्घसंस्था र व्यक्तिलाई आज आइसिटी अवार्ड प्रदान गरेको छ । मन्त्रालयले सुदीप पराजुली, कुसुम लामा, हुवाय कम्पनी र सार्वजनिक महालेखा नियन्त्रण कार्यालयलाई सो अवार्ड प्रदान गरेको हो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्